भारत र श्रीलंका महिला एशिया कपको फाइनलमा


२०८१ श्रावण १२ शनिबार ०६:०१ बजे

काठमाडौं । श्रीलंका जारी महिला एशिया कपको फाइनलमा पुगेको छ । शुक्रबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा श्रीलंकाले पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

पाकिस्तानले दिएको १४१ रनको लक्ष्य पछाएको श्रीलंकाले १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाउदै १४० रन बनाएको थियो ।

यो जितपछि श्रीलंकाले फाइनलमा भारतको सामना गर्ने छ । शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई १० विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो । अब फाइनल खेल आइतबार हुनेछ । यो हारसँगै पाकिस्तानको एशिया कप यात्रा टुंगिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७