इजरायली हिरासतमा हमासका नेताको मृत्यु


२०८१ श्रावण १२ शनिबार ०६:०५ बजे

काठमाडौं । वेस्ट ब्याङ्कमा रहेका हमासका एक नेताको इजरायली हिरासतमा मृत्यु भएको प्यालेस्टिनी अधिकारीले शुक्रबार बताएका छन् । 

प्यालेस्टाइनको कैदी मामिला निकाय र प्यालेस्टिनी प्रिजनर्स क्लबको संयुक्त विज्ञप्तिका अनुसार दक्षिणी इजरायलको जेलबाट अस्पतालमा सारिएपछि ६३ वर्षीय मुस्तफा मोहम्मद अबू आराको मृत्यु भएको हो । ‘हामी नेता शेख मुस्तफा मोहम्मद अबू आराको निधनमा शोक व्यक्त गर्दछौं र चिकित्सकीय लापरबाहीबाट उहाँको मृत्यु भएको हाम्रो ठहर छ,’ हमासद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

आरालाई अक्टोबरमा गम्भीर स्वास्थ्य समस्या सामना गरिरहेको बेला पक्राउ गरिएको प्यालेस्टिनी निकायले जनाएका छन् । उनले नजरबन्दको समयमा क्रुर यातना सामना गर्नुपरेको उनीहरूले बताएका छन् । यस विषयमा इजरायली सेनाले प्यालेस्टिनी टिप्पणीको कुनै जवाफ दिएको छैन ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७