सिमलताल घटना : अहिलेसम्म कति शव भेटिए ? (विवरणसहित)


२०८१ श्रावण ४ शुक्रबार १२:०९ बजे

काठमाडौं । असार २८ गते शुक्रबार मुग्लिन–नारायणघाट सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोसँगै दुई बस त्रिशूली नदीमा खस्दा बेपत्तामध्ये हालसम्म २४ जनाको शव भेटिएको छ । खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीले आज (शुक्रबार) अपरान्ह प्रकाशित गरेको बुलेटिन अनुसार २४ जनाको शव फेला परेको हो ।

पछिल्लो पटक पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१ केउरेनीमा एक महिलाको शव भेटिएको सशस्त्र प्रहरीले जनाएको छ । शवको सनाखत भइसकेको छैन । अहिलेसम्म भेटिएका २४ शवमध्ये १५ वटाको सनाखत भएको छ भने ९ वटा शव पहिचान हुन बाँकी छ ।

सात पुरुष र दुई महिलाका शव सनाखत बाँकी रहेको जनाइएको छ । सिमलताल दुर्घटनामा दुवै बसका गरी ६२ यात्रु त्रिशूलीमा बेपत्ता भएका थिए । दुईटै बस सुरक्षाकर्मीले अझै पत्ता लगाउन सकेका छैनन् । असार २८ गते भएको सो घटनाको तीन दिनपछि असार ३१ गते मात्रै दुर्घटनाका ६५ जना यात्रु परेको विवरण सार्वजनिक भएको थियो ।

जिल्ला प्रशासन कार्यालय चितवनले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बा प्र ०३०० ६ख नम्बरको एञ्जल डिलक्समा २७ जना र काठमाडौंबाट गौर जाँदै गरेको प ्र३००१ ख २४९५ नम्बरको गणपति डिलक्समा ४१ यात्रु रहेको जनाएको थियो । गणपति बसका तीन यात्रु भने त्रिशूलीमा पौडिएर बाँच्न सफल भएका थिए । हराएका बस तथा बेपत्ता यात्रुहरूको खोजी जारी छ । 
हेर्नुस् मृत्तकको विवरण


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७