डा. शेखरले बल्ल पाए बहिनी सुजाताको साथ, के गर्लान् भाइ शशांकले ?

‘अब हामी एक ठाउँमा उभिएका छौं’


२०८१ श्रावण ४ शुक्रबार २३:४५ बजे

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले नेपाली कांग्रेस एक भएमा मात्र देश बचाउन सकिने बताएका छन् । आज (शुक्रबार) उनको कार्यालय  विशालनगरमा सुजाता कोइराला पुगेपछि पार्टी एक ढिक्का भएमा सबैलाई बचाउन सकिने बताएका हुन् ।

उनले सानोबाबु गिरिजाप्रसाद कोइरालाको भनाइ स्मरण गर्दै राजनीतिक दलको बीचमा सहमति र एकता जरुरी रहेको बताएका छन् । कोइरालाले भने, ‘पहिले एकता नेपाली कांग्रेसको बीचमा गर्नुपर्ने छ । एकता हामीले ग¥यौं भने मात्र अरु पार्टीबाट एकताको फल पाउन सकिन्छ ।’

नेपाली कांग्रेसमा छिन्नभिन्न भएको कोइराला परिवारलाई एकजुट गराउने प्रयास सुरु भएको छ । त्यसक्रममा केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टी सभापतिमा डा. शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी छन् । १४औं महाधिवेशनमा कोइराला परिवारका तीन सदस्य (डा. शेखर, शशांक र सुजाता) अलग–अलग भएका थिए । लामो समय साझा उम्मेदवार दिने बताएका उनीहरू पछि तीनतिर भएका थिए ।

डा. शेखरले सभापतिमा उम्मेदवारी दिँदा सुजाता प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिको उम्मेदवारी बनिन् भने केन्द्रीय सदस्य मात्र लडेका शशांकले पनि समर्थन गरेनन् । त्यसयता कोइराला परिवारका तीन सदस्य एक ठाउँमा देखिएका छैनन् । तर १५औं महाधिवेशनमा सभापति लड्ने तयारीमा रहेका डा. शेखरले भाइ बहिनीको साथ खोजेका हुन् । सरकारमा भए पनि भोलि के हुने त्यो थाहा नभएको उनले बताएका छन् ।

राजनीति स्थायित्व नभएको, सुशासन छैन र आर्थिक अवस्था मजबुत नभएको उनको भनाइ छ । सबै जना एकढिक्का भइ मिलेर जानुपर्ने उनले धारणा राखे । कोइरालाले नेपाली कांग्रेसको एक ढिक्का राख्नका लागि १५ औं महाधिवेशनलाई ध्यान दिएर अगाडि बढ्न आग्रह गरे ।

सुजाता कोइरालाई देखाउँदै उनले भने, ‘हामी एक ठाउँमा उभिएका छौ । पहिले पनि एक ठाउँमा थियौँ तलमाथि भइरहन्छ । चिन्ता गर्नुपर्ने आवश्यकता छैन । त्यो हाम्रो जिम्मेवारी हो । हामीले गर्नैपर्छ । नेशनलाई बचाउँछौ र नेशनलाई पहिले हेरौँ । पार्टीलाई हेरौ र त्यसपछि मात्र आफूलाई हेरौं ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७