माधव नेपाल प्रधानमन्त्री ओलीको शपथ समारोहमा अनुपस्थित 


२०८१ असार ३१ सोमबार १५:४२ बजे

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ कार्यक्रम बहिष्कार गरेका छन् । सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा नेपाल अनुपस्थित रहेका थिए ।

ओलीको शपथ समारोहमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल र बाबुराम भट्टराई पुगेका थिए । एमालेबाट विभाजित भएर एकीकृत समाजवादी बनाएदेखि नै नेपालको ओलीसँगको सम्बन्ध राम्रो रहेको छैन ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७