खेतमा काम गरिरहेका बेला चट्याङ लागेर कैलालीमा दुई जनाको मृत्यु


२०८१ असार १२ बुधबार ०६:३६ बजे

कैलाली । कैलालीमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । जिल्लाको जोशीपुर गाउँपालिका– ३ भितरीया जयराम डंगौराको र धनगढी उपमहानगरपालिका–१८ मा सालिक चौधारीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुवैको आज बिहान खेतमा काम गर्दैगर्दा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपीक्षक कविन्द्र बोहराले जानकारी दिए । त्यस्तै जिल्लाको भजनी नगरपालिका–६ महादेउली बस्ने ५५ वर्षीय रामबहादुर चौधरी सोही समयमा चट्याङ पर्दा घाइते भएका छन् ।

आज विद्यालय जाने क्रममा जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनीका ९ वर्षीय सरस्वती भुल, ७ वर्षीय पारु कठायत र १० वर्षीय खिमा कठायत गम्भीर घाइते भएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७