जर्मनी र स्वीजरल्याण्ड युरोकपको नकआउट चरणमा


२०८१ असार १० सोमबार १६:०४ बजे

काठमाडौँ । जर्मनी र स्वीजरल्याण्ड जारी युरोकपको नकआउट चरणमा पुगेका छन् । गए राति सम्पन्न समूह ‘ए’ अन्तर्गतको समूह चरणको अन्तिम खेलमा १–१ गोलको बराबरी खेल्दै जर्मनी र स्वीजरल्याण्ड प्रतियोगिताको नक आउट चरणमा पुगेका हुन् ।

यस खेलमा निकलस फुलक्रुंगले ९० मिनेटपछिको इञ्जुरी समयमा गोल गर्दै जर्मनीलाई हारबाट बचाएका थिए । यस अघि स्वीजरल्याण्डका लागि खेलको २८औं मिनेटमा डान एन्डोएले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । यो बराबरीपछि जर्मनीको समूह ‘ए’ मा ३ खेलमा ७ अंकसहित शीर्ष स्थानमा रहेको नक आउट चरणमा पुगेको छ भने स्वीजरल्याण्ड ३ खेलमा ५ अंकसहित समुहमा दोस्रो हुँदै नकआउट चरणमा पुगेको छ ।

त्यस्तै समूह ‘ए’ बाट हंगेरीले स्कटल्याण्डलाई १–० गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेको छ र समूहमा तेस्रो भएको छ । हंगेरीको पनि नकआउट चरणमा छानिने सम्भावना रहेको छ । सबै ६ समूहका तेस्रो स्थानमा रहने शीर्ष चार देश नक आउट चरणमा छानिने हुनाले यसको टुंगो भने समूह चरणका सबै खेल पछि लाग्ने छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७