नयाँबानेश्वरमा १९ वर्षीय किशोरीलाई बलात्कार, एक जना पक्राउ
काठमाडौँ । एक १९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–३१ शंखमुल बस्ने भारत बिहार राज्य मोतिहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसवाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
जैसवालले ती किशोरीलाई काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वरस्थित सस्तो बजारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।