बुटवलको डेल्टा कम्प्लेक्समा आगलागी

बुटवल । बुटवलको डेल्टा एजुकेशन कम्प्लेक्समा आज (बिहीबार) साँझ आगलागी भएको छ । अहिले आगो निभाउने काम भइरहेको छ । घटनास्थलमा प्रहरी पुगेर आगो नियन्त्रणमा लिने काम भइरहेको इलाका प्रहरी कार्यालयका डीएसपी विजयराज पण्डितले जानकारी दिए ।
कम्प्लेक्सको चौथो तलामा लागेको आगलागी नियन्त्रण गर्न दुईटा दमकल घटनास्थल पुगेका छन् । ‘डेल्टाको सबैभन्दा माथिल्लो तल्लाबाट आगोको ज्वाला निस्केको छ । अहिले बुटवलको मिलन चोक क्षेत्रको आकाशमा धुँवाको कालो मुस्लोले भरिएको छ’, पण्डिले भने ।