फ्लोरिडामा अत्याधिक वर्षा : नेपाली टिम वेष्ट इण्डिज जान पाएन, टोली पर्खिदै सन्दीप


२०८१ जेठ ३१ बिहीबार ००:४७ बजे

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि नेपाली टिम बुधबार नै वेष्ट इण्डिज जानु पर्नेमा मौसम खराबका कारण अमेरिकामै रोकिएको छ । फ्लोरिडामा मंगलबार श्रीलंकाविरुद्धका खेल खराब मौसमका कारण हुन नसक्दा दुवै टिमले अंक बाँडेका थिए ।

समूह चरणका २ खेल खेल्नका लागि नेपाली टिम बुधबार वेष्ट इण्डिज प्रस्थान गर्ने तालिका रहेको थियो । नेपालले वेष्ट इण्डिजमा दक्षिण अफ्रिका र श्रीलंकासँग खेल्ने छ । वेष्ट इण्डिजमा स्टार लेगस्पिनर सन्दीप लामिछानेले नेपाली टोलीलाई पर्खिएका छन् । अमेरिका जान नपाएका सन्दीपले वेष्ट इण्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल भने खेल्ने छन् ।

अहिले पनि फ्लोरिडाको मौसम अत्यन्त खराब रहेकाले अधिकांश हवाई उडानहरु रद्द भएका छन् । मंगलबारदेखिको झरी बुधवार पनि कायम रह्यो भने विहीबार पनि मौसम खराब हुने भन्दै त्यहाँको राष्ट्रिय मौसम विभागले अलर्ट (सूचना) जारी गरेको छ ।

जसका कारण फोर्ट लाउडरडेल हलिउड अन्तर्राष्ट्रिय एयरपोर्ट र मायमी अन्तर्राष्ट्रिय एयरपोर्टका नियमित उडान प्रभावित भएका हुन् । मौसम विभागले बाढीको जोखिम रहेको भन्दै घरभन्दा बाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ । नेपालले जुन १५ मा दक्षिण अफ्रिकासँग खेल्ने तालिका रहेको छ । पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको नेपाल दोस्रो खेल बर्षाका कारण रद्द हुँदा श्रीलंकासँग एक–एक अंक बाँडेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७