१७ दिनअघि मात्र एमाले सुनसरीको अध्यक्ष बनेका निलमको हैदरावादमा मृत्यु


०४:१६ बजे

काठमाडौं । नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु भएको छ । उपचारका लागि भारतको हैदरावाद जाँदै गर्दा उनको मृत्यु भएको हो ।

गए राति ट्रेनमा हैदरावाद लैजाँदै गर्दा उनको मृत्यु भएको एमाले सुनसरीले जनाएको छ । करिब ६० वर्षीय खनाल लामो समयदेखि आन्द्रासम्बन्धी रोगबाट उनी पीडित थिए । थप उपचारका लागि उनलाई परिवारका सदस्यले भारतको हैदराबाद लैजाँदै गर्दा घटना भएको हो ।

सुनसरीको बराहक्षेत्र घर भएका खनाल यही जेठ ७ गते मात्रै एमाले सुनसरीको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्ष निर्वाचित भएसँगै बिरामीले च्यापेपछि थप उपचारका लागि उनलाई जेठ २२ गते हैदराबाद लगिएको थियो । खनाल यसअघि एमाले सुनसरीको उपाध्यक्ष थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७