ओली दम्पती सडक सरसफाइमा (तस्वीरहरु)


०९:२८ बजे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको दम्पती आज (बुधबार) बिहान स्थानीय सडक सरसफाइमा सहभागी भएका छन् ।

भक्तपुरको कौशलटार–सूर्यविनायक सडकमा सरसफाइमा स्थानीय बासिन्दासँगै ओली र उनकी पत्नी राधिका शाक्य पनि सहभागी भएका हुन् । ओलीले सडक सफा गर्दै गरेको तस्वीर सामाजिक सञ्जालमा राख्दै लेखेका छन्, ‘आज राधिका र म अरनिको राजमार्गको सडक सरसफाइमा ।’

ओलीको सचिवालयका अनुसार ओली त्यहाँ (बालकोट, भक्तपुर) को स्थानीय बासिन्दा भएकाले अन्य स्थानीयसँगै उनी पनि सडक सफाइमा सहभागी भएका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७