काठमाडौं, २७ जेठ । देश संघीय संरचनामा गएपछि नेपाल प्रहरीको संख्या बढेर ७५ हजार ८ सयभन्दा बढी भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले ३१ सय प्रहरीको दरबन्दी थपेसँगै प्रहरीको संख्ख्या ७५ हजार नाघेको हो । नेपाल प्रहरीको कूल संख्या यसअघि ७२ हजार ७ सय ३३ थियो ।
प्रहरीमा सबैभन्दा धेरै दरबन्दी प्रहरी जवानको थियो । ४२ हजार २ सय ८५ जना जवान थिए । आजको मन्त्रिपरिषद् बैठकले एक एसएसपी, १४ एसपी, १२ डिएसपी तथा ५० इन्सपेक्टरदेखि जवानसम्मको पद थप गरेको हो । थप भएको दरबन्दीसँगै अब नेपाल प्रहरीमा एक जना आइजी, ४ जना एआइजी (प्राविधिक सहित), ३४ जना डिआइजी, ७७ जना एसएसपी, १७१ एसपी, ४३० डिएसपी र १४ सय ४ जना डिएसपी हुनेछन् ।