सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे हुने


२०८२ असार १० मंगलबार १५:०८ बजे

काठमाडौं । इरानले कतारमा आक्रमण गरेपछि सोमबार राति रद्द भएको दोहाको उडान आज (मंगलबार) मध्याह्न १२ बजेका लागि तोकिएको छ। हाल दोहामा हवाई मार्ग खुलाइएको र अवस्था शान्त बन्दै गएकोले १२ बजेका लागि उडान तय गरिएको नेपाल एयरलायन्सले जनाएको छ। नेपाल एयरलाइन्सको विमान सोमबार राति ११ बजे दोहा उड्ने तालिका थियो तर, त्यहाँ तनाव भएपछि रद्द गरिएको थियो ।

राति विमानमा यात्रुलाई बोर्ड गराउने तयारी भइरहेका बेला उडान रद्द भएपछि वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरू अलपत्र परेका थिए। खाडी मुलुकका उडान रद्द भएपछि रातिदेखि नै यात्रुहरू त्रिभुवन विमानस्थलमा अलपत्र परेका छन्। इरानले कतारमा आक्रमण गरेपछि  खाडी मुलुकका उडान रद्द भएका छन्। राति ११ बजेदेखि यात्रुहरू विमानस्थलमै अलपत्र बनेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७