जापान ८० रनमा अलआउट, शुभमले लिए पाँच विकेट


२०८२ असार १० मंगलबार १५:०८ बजे

काठमाडौं । एसीसी यू–१६ इस्ट जोन क्रिकेटमा जापानले नेपाललाई ८० रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको जापान ३४ ओभर ३ बलमा ८० रनमा समेटियो । जापानका कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए। अन्य ब्याटर क्रीजमा टिक्न सकेनन्।

जापानलाई सस्तोमा समेट्न नेपालका शुभम खनाल एक्लैले ५ विकेट लिए । १० ओभर बलिङ गरेका शुभमले १५ रन दिएर ५ विकेट झारे । अभय यादवले २, सुशील रावल र विपिन प्रसाद शर्माले १÷१ विकेटको योगदान दिए । नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७