चीनमा राजमार्ग भासियो : कम्तीमा १९ जनाको मृत्यु, ३० बढीको उपचार हुँदै


०९:०४ बजे

काठमाडौं । दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा राजमार्ग भासिँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । मेजियु शहर र दाबु काउन्टीबीचको एस–१२ राजमार्गको १७.९ मिटर सडकखण्ड बुधवार बिहान २ः१० बजे भासिएको र उक्त घटनामा कम्तीमा १८ सवारी साधन फसेको जनाइएको छ ।

घटनामा १९ व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ भने ३० जनाको उपचार भइरहेको छ । अधिकारीहरूका अनुसार उपचारका लागि अस्पताल लगिएका मानिसहरू हाल जोखिममुक्त रहेका बताइएको छ । स्थानीय सञ्चारमाध्यमहरूले दिएको समाचार र अनलाइनमा प्रसारित भिडियोहरूले गहिरो खाडलबाट आगो र धुवाँ निस्किरहेको देखाएका छन् । राजमार्ग भासिएर परेको उक्त खाडलमा कारहरू खसेको बताइएको छ । अहिले करिब ५०० जना उद्धार कार्यका लागि घटनास्थलमा रहेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७