आर्थिक शिथिलता सुधार हुँदै गए पनि ढुक्क हुने अवस्था छैन : अर्थमन्त्री पुन


०९:०७ बजे

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले मुलुकको आर्थिक शिथिलता सुधार हुँदै गए पनि ढुक्क हुने अवस्था नरहेको बताएका छन् । आज (बुधबार) काठमाडौंमा आयोजित दिगो आर्थिक विकासका लागि वित्त नीति विषयक कार्यक्रममा मन्त्री पुनले आर्थिक तथा बाह्य कारणले देखिएको आर्थिक शिथिलता सुधार हुँदै गएको भए पनि ढुक्क हुने अवस्था नरहेको बताएका हुन् ।

उनले विभिन्न तथ्याङ्कहरुको आधारमा गत बर्ष भन्दा सुधार देखिएको जिकिर गरे । आर्थिक बर्ष सकिन तीन महिना बाँकी रहेको अवस्थामा यस बर्ष साढे चार प्रतिशत भन्दा माथि आर्थिक वृद्धि हुने मन्त्रालयको अनुमान रहेको उनले बताए ।

मन्त्री पुनले जलविद्युत लगायतका क्षेत्रमा केही राम्रो देखिए पनि निर्माण क्षेत्रमा भने समस्या देखिएको धारणा राखे । उनले किसानहरूलाई प्रोत्साहन गर्ने गरि आगामी कार्यक्रम ल्याउने बताए । आगामी नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिलाई मिलाएर लैजाने र जनतामा आशा जगाउने काम गर्ने उनको भनाइ छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७