म्यानमारमा विद्रोहीले कब्जा गरे चीनसँग जोडिएको महत्वपूर्ण सहर, सैन्य शासनलाई अर्को ठूलो धक्का

म्यानमार । चीनसँग सीमा जोडिएको अर्को रणनीतिक महत्वको म्यानमारी सहर विद्रोही समूहले कब्जामा लिएको छ ।
आदिवासी अल्पसंख्यक विद्रोही गठबन्धन थ्री ब्रदरहुड एलायन्सले चीनसँगको सीमा नजिक रहेको मुख्य सहर आफ्नो नियन्त्रणमा लिएको म्यानमारको सेनाले स्वीकारेको छ ।
विद्रोहीहरूले लुक्काइको स्थानीय सेनाको मुख्यालयमा रहेका सबै सैनिकहरूबाट हतियार बरामद गरेको बताएका छन् । गत अक्टोबरमा उत्तरी शान प्रान्तमा विद्रोहीहरूले आक्रमण गरेयता यो म्यानमार सेनाको सबैभन्दा ठूलो धक्का हो । यो द्वन्द्वले चीनसँग म्यानमारको सैनिक सम्बन्धमा तनाव सिर्जना गरेको छ । पछिल्ला केही दिनमा दुई चिनियाँ मन्त्रीले म्यानमारका सैन्य शासकहरूसँग वार्ता गरेका छन् । एजेन्सी