कतारको जेलमा रहेका पूर्व भारतीय नौसेनाको मृत्युदण्डको सजाय घटाइयो
काठमाडौं । कतारको अदालतले कतारको जेलमा रहेका भारतीय नौसेनाका आठ पूर्व अधिकारीको मृत्युदण्डको सजाय घटाएको छ ।
भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘दहरा ग्लोबल मुद्दामा आज कतार अदालतको आदेश आएको छ, जसमा सजाय घटाइएको छ । हामी पूर्ण आदेशको लागि पर्खिरहेका छौं ।’
दण्ड सजाय पाएका परिवारसहित कतारका लागि हाम्रा राजदूत र अन्य अधिकारीहरू आज अदालतमा उपस्थित थिए । तर मृत्युदण्डको सजाय कति घटाएको खुलेको छैन । विज्ञप्तिमा भनिएको छ, ‘हामी सुरुदेखि नै ती व्यक्तिहरूसँग उभिरहेका छौं र हामी उनीहरूलाई कन्सुलर र कानुनी सहयोग गर्नेछौं । हामी यो विषय कतार प्रशासनसँग पनि उठाउनेछौं ।’ एजेन्सी