सहसचिवमा बढुवाका लागि तीन उपसचिवको नाम सिफारिस
काठमाडौँ । सहसचिव पदमा बढुवाका लागि तीन जना उपसचिवको नाम सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले कार्यक्षमताको मूल्याङ्कनद्वारा नेपाल लेखापरीक्षण र आर्थिक योजना तथा तथ्याङ्क सेवाका उपसचिवहरूलाई राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) मा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा समितिको सचिवालयले एक सूचना जारी गर्दै लेखापरीक्षणतर्फ दुई र आर्थिक योजना तथा तथ्याङ्कतर्फ एक गरी तीन जनाको नाम सिफारिस गरेको छ । लेखापरीक्षणतर्फ बढुवा सिफारिस हुनेहरूमा घनश्याम काफ्ले र रामप्रसाद उपाध्याय रहेका छन् भने आर्थिक योजना तथा तथ्याङ्क सेवातर्फ महेशकुमार सुवेदी रहेका छन् ।