‘केपी ओली कप राष्ट्रिय क्रिकेट’ उपाधिका लागि आर्मी र मधेश भिड्दै


२२:५३ बजे

पोखरा । पोखरामा जारी ‘केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ को फाइनल खेल आज (शुक्रबार) हुँदैछ । उपाधिका लागि त्रिभुवन आर्मी क्लब र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुन लागेको हो ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजेबाट सुरु हुने आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जनाएको छ । बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले बागमती प्रदेशलाई र दोस्रो खेलमा मधेशले सशस्त्र प्रहरी बल (एपीएफ) लाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

प्रतियोगिताको उपाधि विजेता टोलीले नगद पाँच लाख रुपैयाँ, शिल्ड, पदक, प्रमाणपत्रसहित पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेता टोलीले दुई लाख ५० हजार, शिल्ड, पदक, प्रमाणपत्रसहित पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा ‘म्यान अफ दि सिरिज’ले नगद ३० हजार, ‘बेस्ट बलर’ २० हजार र ‘म्यान अफ दि म्याच’ले नगद पाँच हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७