इजरायली जहाज कब्जा गरेको हुथी विद्रोहीको दाबी


२०८० मङ्सिर ४ सोमबार १३:२९ बजे

काठमाडौँ । यमनका इरान समर्थित हुथी विद्रोहीले लाल सागरमा इजरायली कार्गो जहाज कब्जा गरेको दाबी गरेको छ । यो जहाज यमनको बन्दरगाहमा लगिएको हुथीको दाबी छ ।

इजरायलले यो जहाज इजरायली नभएको र जहाजका कर्मचारीमध्ये एक जना पनि इजरायली नभएको दाबी गरेको बीबीसीको समाचारमा उल्लेख गरिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो ‘इरानी आतंकवादको अर्को कार्य’ भएको टिप्पणी गरेका छन् । यसबारे इरानले कुनै प्रतिक्रिया दिएको छैन । गाजामा हमास र इजरायलबीच चलिरहेको युद्धलाई ध्यानमा राख्दै हुथी विद्रोहीले आफ्नो अधिकार क्षेत्रमा आउने कुनै पनि इजरायली जहाजलाई अपहरण गर्ने बताएका छन् ।

हुथी विद्रोहीले इजरायलतर्फ धेरै मिसाइल र ड्रोन प्रहार गरेका छन् । अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि इजरायलले गाजामा हवाई र स्थलगत आक्रमण गरिरहेको छ । इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफा भित्र हमासको सुरुङ रहेको दाबी गरेको छ । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७