सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोतका नासु र खरिदारविरुद्ध मुद्दा


१०:०९ बजे

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीका नायव सुब्वा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका नासु कटुवाल र खरिदार अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । नायब सुब्बा कटुवाल र खरिदार अधिकारीले जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग १ लाख ५० रुपैयाँ घुस मागेका थिए ।

घुस मागेको उजुरी परेपछि आयोगको इटहरी कार्यालयबाट खटेको टोलीले लिएको आरोपमा उनीहरुले सेवाग्राहीबाट पैसा लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरेको हो । टोलीले कटुवाल र अधिकारीलाई सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुसररिसवत बापतको रकम लिइसकेको अवस्थामा गत असोज १२ गते नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा कटुवाल र अधिकारीको आपसी मिलोमतो तथा योजनामा अंशवण्डा नामसारी गरी दिएबापत सेवाग्राहीसँग डेढ लाख मागी रकम लिएको पुष्टी भएपछि उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुरमा कैद र बिगो डेढ लाख रुपैयाँ कायम गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७