सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार


२०८० असोज ९ मंगलबार ०३:३७ बजे

बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–१ विच्छ्याँ स्वास्थ्य चौकीबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार गाउँपालिका–१ की २३ वर्षीया सुत्केरी कल्पना रोकायाको रक्तस्राव नरोकिएको र सालनाल नआएर पाठेघरको मुख नै बन्द भएपछि उद्धार गरी सुर्खेत प्रादेशिक अस्पतालमा पठाइएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपानी सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको भनाइ छ ।

गाउँपालिका स्वास्थ्य शाखा संयोजक राजबहादुर भण्डारीका अनुसार रोकाया आज बिहान विच्छ्याँ स्वास्थ्य चौकीमा सुत्केरी हुन आएकी थिइन् । बच्चा जन्मिएको चार घण्टासम्म पनि रक्तस्राव नरोकिएपछि उद्धार गरिएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७