एमाले वागमती प्रदेश अधिवेशन : बरालको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल


२०८० असोज ९ मंगलबार ०१:०९ बजे

काठमाडौं । नेकपा (एमाले) वागमती प्रदेशको पहिलो अधिवेशन चलिरहेको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा मंगलबार बन्द सत्र सुरु भएको छ । बन्द सत्र सुरु हुनुअघि अध्यक्ष मण्डल गठन गरिएको छ ।

गुरु बरालको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको हो । बराल पार्टीको वागमती प्रदेश इन्चार्ज हुन् । अध्यक्ष मण्डलले सर्वसम्मत नेतृत्वका लागि प्रस्ताव गर्नेछ । त्यसमा सहमति नभए निर्वाचन प्रक्रिया अघि बढाइने पार्टीले जनाएको छ ।
सोमबार भृकुटीमण्डपमा अधिवेशन उद्घाटन गरिएको थियो । उद्घाटन सत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत नेताले सम्बोधन गरेका थिए । अधिवेशनबाट सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि ओलीले आग्रह गरेका थिए ।

सर्वसम्मत हुन नसके एकल प्रतिस्पर्धामा उनले जोड दिएका थिए । प्यानलगत प्रतिस्पर्धा नगर्न उनले निर्देशन नै दिएका थिए । प्यानल बनाए उमेदवारी खारेज गर्नेसम्मको अधिकार अध्यक्षमण्डललाई दिन ओलीले निर्देशन दिइसकेका छन् । एमाले वागमती अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्ण दाहाल, कृष्णभक्त पोखरेल, केशवराज पाण्डे, सानु श्रेष्ठलगायत नेता आकांक्षी छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७