माल्दिभ्सविरुद्ध नेपाल २–० ले अगाडि, मैदानमा भिडेपछि दुई जनालाई रातो कार्ड
काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र मालदिभ्स दुवै टोली १० खेलाडीमा समेटिएका छन् ।
खेलको ३४ औँ मिनेटमा नेपालका सुजन डंगोल र मालदिभ्सका कप्तान मोहम्मद यान हसनले सिधै रातो कार्ड पाएका हुन् ।
मालदिभ्सका खेलाडीले हानेको लङ क्रसमा नेपालका सुजनले मालदिभ्सका मोहम्मदलाई धकेलेका थिए ।
त्यही क्रममा दुवै खेलाडीबीच झगडा हुँदा रेफ्रीले सिधै रातो कार्ड देखाए । खेलको पहिलो हाफ जारी रहँदा नेपाल २–० ले अगाडि छ । नेपालका लागि प्रशान्त लक्सन र समिर तामाङले गोल गरेका छन् ।