एमाले बागमती प्रदेश अधिवेशन सुरु हुँदै, निकालियो झाँकीसहितको र्‍याली (तस्वीरहरु)


२०८० असोज ८ सोमबार ०६:३७ बजे

काठमाडौँ । नेकपा (एमाले) को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशन आजदेखि सुरु हुँदैछ । सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट आज उद्घाटन हुने अधिवेशनको बन्द सत्र मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुनेछ ।

अधिवेशनका लागि एक हजार एक सय ५० प्रतिनिधि छानिएका छन् । उद्घाटनका अवसरमा आज सो कमिटीले काठमाडौँमा पदयात्रा गरेको छ । भृकुटीमण्डपमा हुने अधिवेशनको उद्घाटनका लागि विभिन्न जिल्ला र जनसङ्गठनका कार्यकर्ताले बागबजार, घण्टाघर, पुतलीसडक, प्रदर्शनीमार्गलगायतका स्थानबाट ब्यानर र झाँकीसहित र्‍याली निकालेको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७