गैह्रीगाउँ सामुहिक हत्या प्रकरणका अभियुक्त सार्वजनिक


२०८० भदौ ३१ आइतबार २०:३५ बजे

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा शुक्रबार राति भएको सामुहिक हत्या प्रकरणका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारी रहेका छन् । हत्यापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले सीसीटीभी फुटेजका आधारमा आइतबार पक्राउ गरेको हो । सिन्धुपाल्चोक जाने तयारी गरिरहेका उनलाई पेप्सीकोलाबाट नियन्त्रणमा लिएको हो ।

उनी बोल्न नसक्ने र सांकेतिक भाषामा कक्षा १२ उत्तीर्ण गरेको प्रहरीले जनाएको छ । पक्राउपछि उनले कापीमा ‘आई किल्ड फोर पिपल’ लेखेर अपराध स्वीकार गरेका थिए । वैदेशिक रोजगारीका लागि काठमाडौं आएर दाइ नाता पर्ने दीपेन्द्र राईसँग बस्दै आएका नवीन राईसँग अभियुक्त भण्डारीको रिसीईबीका कारण हत्या भएको पाइएको छ ।

केही दिनअघि चाबहिलमा नवीनले चलाएको मोटरसाइकलको ठक्करबाट भण्डारी घाइते भएका थिए । आफूलाई घाइते बनाएका नवीनले उल्टै दुव्र्यवहार गरेको उनले बयानमा बताएका छन् । शुक्रबार राति भने भण्डारी नवीन बस्ने फर्निचरमा पुगेका थिए । केही विवादपछि उनले झोलामा राखेको कुखुरी निकाले र नवीनको हत्या गरे । त्यसपछि निस्किँदै गर्दा उनले तल्लो तलामा बस्ने थप तीन जनाको पनि थाहा पाउने डरले हत्या गरेको स्वीकार गरेका छन् । थाहा पाउने डरले दिव्य सःमिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेलसहित उनकी श्रीमती अम्बिका भुजेल र आमा सुमित्रा भुजेलको पनि हत्या गरेका थिए ।

हत्या हुनेमा सुरक्षागार्ड कुमारकी पत्नी अम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीय सुमित्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नवीन राई छन् । तीनकुनेमा खुकरी प्रहारबाट चार जनाको हत्याको घटनापछि भण्डारी भाग्दै पेप्सीकोला पुगेका थिए । त्यहाँ उनको साथीको घर थियो । राति मूलगेट लगाएको बेला उनी रुखमा चढेर घरको कम्पाउण्डभित्र पुगेका थिए । तर त्यहाँ उनको साथी नभेटेपछि पुनः अर्को घरमा पुगेको पाइएको जिल्ला प्रहरी परिसर टेकुका एक अधिकृतले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७