आवश्यक परे टर्की इयुबाट अलग हुनसक्छ : एर्दोगान


२०८० भदौ ३१ आइतबार १०:०४ बजे

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आवश्यक परे टर्की युरोपियन युनियन (इयु) बाट अलग हुनसक्ने बताएका छन् । उनले आफूहरू आवश्यक परेमा युरोपेली ब्लकमा सामेल हुने प्रयास अन्त्य गर्ने बताएका हुन् ।

उनले युरोपियन युनियनले टर्कीसँग सम्बन्ध टुटाउन प्रयास गरिरहेको भन्दै आवश्यक भए यसमा मूल्यांकन गरेर आफूहरू इयुबाट अलग हुने उनको भनाइ छ । संयुक्त राष्ट्रसंघको वार्षिक महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्नुपूर्व इस्तानबुलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले टर्कीले युरोपेली संसदले अपनाएको हालै सार्वजनिक प्रतिवेदन आफैं मूल्यांकन गर्ने बताए । इयुले कानुनको मस्यौदा मात्रैले नपुग्ने भन्दै मस्यौदाको कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७