आरजु राणाले दिइन् कृषि समितिको सभापतिमा उम्मेदवारी


२०८० भदौ १० आइतबार २१:५१ बजे

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिको सभापतिमा आइतबार उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । भोलि चुनाव हुँदैछ । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलबीच समितिको सभापतिमा समहमित भएअनुसार दलहरूले सभापतिमा भागवण्डा गरेका छन् ।

यसरी कांग्रेसको भागमा परेको एउटा समितिको हो – कृषि । सो समितिको सभापतिमा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाको उम्मेदवारी परेको छ । आइतबार उम्मेदवारी दर्ता गराएपछि छोटो प्रतिक्रिया दिँदै उनले आफू किसानकी छोरी भएको दाबी गरिन् । आइतबार संघीय संसद सचिवालयमा गई उनले समिति सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडाले उम्मेदवारी दिएका छन् ।
प्रमुख दहरुले प्रतिनिधिसभाका १० र संघीय संसदका २ वटा संयुक्त गरी १२ वटा समितिको नेतृत्व भागबण्डा गरेका थिए । जस अनुसार कांग्रेसले ४, एमालेले ३, माओवादीले २, जसपा, एकीकृत समाजवादी र जनमत पार्टीले एक एक वटा समितिको नेतृत्व लिने सहमति भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७