रास्वपाले उद्योग समितिको सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने
काठमाडौं । उद्योग समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी दिने भएका छन् ।
प्रमुख सचेतक सन्तोष परियारका अनुसार सांसद पराजुलीले उद्योग समितिको सभापतिमा उम्मेदवारी दिनेछन् ।
‘उद्योग समितिमा रास्वपाका तीन सांसद छन् । सभापतिमा उम्मेदवारी दिने निर्णय गरेका छौँ,’ प्रमुख सचेतक परियारले भने । उद्योग समितिको सभापतिका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन भने भोलि (सोमबार) हुने कार्यतालिका छ ।