सुन्दर हिल गाउँ
बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–३ स्थित सुन्दर हिल गाउँ । परम्परागत ढुङ्गेघरका कारण हिलको एकीकृत बस्ती मनै लोभ्याउने खालको छ । यहाँ पछिल्लो समय पर्यटक आगमन बढ्दै गएको छ । यहाँ देश–विदेशका पर्यटक प्राकृतिक सुन्दरता अवलोकनसँगै ग्रामीण जीवन शैली अध्ययनका लागि आउने गरेका छन् । तस्वीर : खेमराज गौतम / रासस