कोशीका मुख्यमन्त्री थापालाई विश्वासको मत, अध्यक्षता गरेका मन्सुरले पनि हाले भोट


२०८० भदौ ४ सोमबार १०:०७ बजे

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । आज (सोमबार) प्रदेशसभाबाट मुख्यमन्त्री थापाले विश्वासको मत पाएका हुन् । प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले राखेको ‘विश्वासको मत दिइयोस्’ भन्ने प्रस्तावको पक्षमा ४७ जना प्रदेशसभा सदस्यले मत दिए । यस्तै, विपक्षमा ३० मत परेको छ ।

विश्वासको मत प्रयोजनका लागि ७७ जना उपस्थित भएका थिए। बैठकको अध्यक्षता गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीले पनि मतदान गरेर बहुमत पुर्‍याइएको हो । एमाले नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि थापा पहिलोपटक असार २१ गते कोशीको मुख्यमन्त्री बनेका थिए ।

त्यतिबेला थापाले मुख्यमन्त्री दाबी गर्दा सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेपछि सर्वोच्चले उनको मुख्यमन्त्री नियक्ति बदर गरिदिएको थियो । पछी सभामुख गौतमलाई राजीनामा गराएर पुनः थापा मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री बनेको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोहीअनुसार मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिएका हुन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा नेपालको समर्थनमा थापा १६ साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । कोशी प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेको ४० सिट छ । सरकारको नेतृत्व गरिरहेको कोशी प्रदेशसभाको दोस्रो ठूलो दल कांग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सिट छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७