समाजवादी मोर्चाको आज बैठक बस्दै


२०८० भदौ ४ सोमबार ०९:४४ बजे

काठमाडौँ । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादीसहित चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज (सोमबार) बिहान बस्दैछ । आइतबार साँझ नै बस्ने भनिएको उक्त बैठक सोमबार बिहान ७ः३० बजे बस्ने गरी स्थगित गरिएको थियो ।

नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले आजको बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने जानकारी दिएका छन् । यसैगरी उक्त बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मिति तोक्ने जनाइएको छ ।

बैठक नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएपछि मोर्चाको बैठक सरेको थियो । मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो । मोर्चामा सत्तारूढ नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७