पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु


२०८० भदौ ४ सोमबार १२:५० बजे

काठमाडौं । पेरुको पहाडी क्षेत्र एन्डिजमा यात्रुवाहक एउटा दुर्घटना हुँदा १३ जनाको मृत्यु हुनका साथै अन्य पाँच जना गम्भीर घाइते भएका अधिकारीहरूले बताएका छन् ।

करिब ५० जना यात्रु बोकेको बस एण्डियन शहर विल्काशुआमानबाट राजधानी लिमातर्फ आउँदा पहाडी भेगको खोचमा आज बिहान खसेको हो हुआतारा जिल्ला प्रहरी चौकीका एक अधिकारीले एएफपीलाई बताए । घाइतेहरूको पिस्को शहरको अस्पतालमा उपचार भइरहेको छ ।

तीव्र गति, मर्मत सम्भार नगरिएका खराब सडक, सुरक्षा तथा जोखिमसूचनक सडक सङ्केतको कमी र सवारी नियमको अक्षरसः पालना नहुँदा पेरुका राजमार्गमा प्रायःदुर्घटना भइरहन्छन् । विश्व स्वास्थ्य सङ्गठनले सन् २०१९ मा सार्वजनिक गरेको एक अध्ययनअनुसार त्यस वर्ष चार हजार चार सय १४ जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७