ह्युमपाइपको खाल्डोमा मोटरसाइकल खस्दा एकको मृत्यु, एक घाइते


२०८१ माघ २ बुधबार १५:५६ बजे

पर्सा । पर्साको सखुवाप्रसौनी गाउँपालिका–२ जमुनियामा ह्युमपाइप राख्न खनिएको सडकको खाल्डोमा मोटरसाइकल खस्दा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा युवक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा जमुनिया निवासी २३ वर्षीय सुदर्शन चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका अनुसार जमुनियाको कर्बोला चौकको सडकमा ह्युम पाइप राख्नका लागि खनिएको खाल्डोमा मंगलबार राति मोटरसाइकल खसेको थियो ।

मंगलबार राति ९ बजेको समयमा पथरैयाबाट पँचगाव जाने क्रममा ना.२८ प ३८१९ नम्बरको मोटरसाइकलमा सवार दुई जना मोटरसाइकलसहित खाल्डोमा खसेका थिए । मोटरसाइकलमा पछाडि बसेका सुर्दशन चौधरीको वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक जमुनियाकै २४ वर्षीय दिपेन्द्र चौधरीको अस्पतालमा उपचार भइहरेको प्रहरी निरीक्षक प्रकाश थापाले जनाएका छन् । उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७