एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै, के–के छन् एजेण्डा ?


२०८० भदौ ३ आइतबार १३:२१ बजे

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो बस्ने सो बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्नेलगायत विभिन्न विषयमा छलफल हुनेछ ।

महासचिव घनश्याम भुसालल बैठकमा पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, जनताको बहुदलीय जनवादको सान्दर्भिकता, पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थिति र राजनीतिक प्रतिवेदनलगायत विविध विषयमा छलफल हुने जानकारी दिए ।

उनले बैठकमा सबै जनवर्गीय सङ्गठनको कार्यसम्पादनको समीक्षा, पछिल्लो समयमा विकसित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमको विश्लेषण, आसन्न केन्द्रीय कमिटी बैठक र पार्टीको महाधिवेशनको निर्णय गर्ने विषयमा छलफल गरिने बताए । समाजवादी अर्थ व्यवस्था कार्यान्वयनमा देखिएका चुनौती कार्यान्वयनका लागि शीर्ष नेतालाई बैठकले जिम्मेवारी प्रदान समेत गर्नेछ । पार्टीको महाधिवेशनको मिति र स्थान तोक्न केन्द्रीय कमिटी बैठक यही भदौ ५ देखि ७ गतेसम्म काठमाडौँमा बोलाइएको महासचिव भुसालले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७