राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


२०८० श्रावण ३१ बुधबार १९:४३ बजे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति पौडेललाई भेट्न एमाले अध्यक्ष ओली बुधबार दिउँसो शीतलनिवास पुगेका हुन् । भेटमा राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच समसामयिक राजनीतिक घटनाक्रम, संसदको गतिरोध अन्त्यलगायतका विषयमा छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

भेटमा राष्ट्रपति पौडेलले संसदको गतिरोधबारेमा चासो राखेका थिए । राष्ट्रपति पौडेलले लामो समयसम्म संसद अवरुद्ध हुँदा जनतामा नैराश्यता बढ्ने भएकाले संसद चलाउने वातावरण बनाउन एमाले अध्यक्ष ओलीलाई आग्रह गरेका थिए ।

एमालेले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै साउन दोस्रो हप्तादेखि सदनमा अवरोध गर्दै आएको छ । सदनको अवरोध हटाउने विषयमा राष्ट्रपति पौडेलले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि छलफल गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७