च्यासल मैदान र एमाले मुख्यालयमा पस्यो मनोहराको बाढी


१०:३८ बजे

ललितपुर । ललितपुरको च्यासलमा रहेको नेकपा (एमाले) मुख्यालय (केन्द्रीय कार्यालय) मा बाढी पसेको छ ।
काठमाडौंको पूर्वी भेग भएर आउने मनोहरा नदीको जल सतह बढ्दा मंगलबार बिहान पार्टी कार्यालय डुबानमा परेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन् ।

च्यासल जोड्ने पुलमुनिबाट पानी पास हुन नसक्दा ठोक्किएर पार्टी कार्यालयतिर फर्किएको र कम्पाउण्ड डुबेको उनको भनाइ छ । ‘पुलमुनिबाट पानी पास हुन नसक्दा फर्कियो । अहिले कम्पाउण्ड पूरै डुबेको छ । अरू क्षति छैन,’ उनले भने । एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानको घर भाडामा लिएर पार्टी कार्यालय सञ्चालन गरिरहेको छ ।

सरकारले च्यासलको जग्गा तुलसीलाल स्मृति प्रतिष्ठानलाई भोगाधिकार दिएको छ । नदी किनार त्यो पनि होचो स्थानमा भएकाले त्यो ठाउँ जहिल्यै डुबानको चपेटामा पर्छ । सोमबार राति देखिको अविरल वर्षाका कारण काठमाडौंका अरू क्षेत्र पनि बाढी र डुबानमा परेका छन् । सामाखुसी, अनामनगर, टोखा, गोंगबु नयाँ बसपार्कलगायत ठाउँमा डुबान भएको छ । बागमती, बिष्णुमतीलगायत नदीहरूमा जल सतह निकै बढेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७