मोटरसाइकलको ठक्करबाट बाख्रा चराउन हिंडेकी बालिकाको मृत्यु


२०८० श्रावण १२ शुक्रबार ००:५९ बजे

सर्लाही । सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित पर्सा गाउँपालिका–४ जिंगडवामा मोटरसाइकलको ठक्करबाट बालिकाको ज्यान गएको छ ।

नम्बर खुल्न नसकेको मोटरसाइकलले गाउँको भित्री सडकमा ठक्कर दिँदा सोही ठाउँ निवासी हरि वीरेन्द्र पासवानकी छोरी ८ वर्षीया मनीषा कुमारी पासवानको मृत्यु भएको हो । बाख्रा चराउन हिँडेकी मनीषालाई मोटरसाइकलले ठक्कर दिई गम्भीर घाइते बनाएपछि उपचारका लागि स्थानीय एक क्लिनिकमा लगिएको थियो ।

क्लिनिकमा पुर्‍याउँदा उनलाई स्वास्थ्यकर्मीले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मङ्गलवाले जनाएको छ । मोटरसाइकलको ठक्करबाट अर्की ८ वर्षीया बालिका चुनचुन पासवान सामान्य घाइते भएकी छन् । दुर्घटनापछि फरार रहेका मोटरसाइकल र त्यसका चालक फेला परेका छैनन् । मोटरसाइकलको खोजी जारी रहेको प्रहरीले जनाएको छ

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७