नाइजरमा सेनाद्वारा ‘कु’ : राष्ट्रपतिलाई कब्जामा लिंदै शासन सत्ता सम्हालेको घोषणा


२०८० श्रावण ११ बिहीबार १०:१९ बजे

काठमाडौं । अफ्रिकी देश नाइजरमा सेनाले ‘कु’ गरेको छ । कर्णेल मेजर अमाडो अब्द्रामानेले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गरी देशको शासन सत्ता आफूहरुले सम्हालेको घोषणा गरेका छन् ।

सेनाले संविधान विघटन गरी सबै सङ्घसंस्था निलम्बनको घोषणा गरेको छ । त्यहाँ सम्पूर्ण अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएको छ । अब आफ्नो नेतृत्वमा बन्ने राष्ट्रिय परिषद्ले देशको दैनिक कामकाज चलाउने अमाडोले बताएका छन् ।
नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई हिजोदेखि असन्तुष्ट सेनाले कब्जामा लिएको छ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले बाजुमलाई फोन गरी उनको पक्षमा समर्थन व्यक्त गरेको बीबीसीले जनाएको छ ।

त्यस्तै, राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि आफूले राष्ट्रपतिसँग कुरा गरी पूर्ण सहयोगको प्रस्ताव गरेको खबरमा उल्लेख छ । अफ्रिकी युनियनले पनि सैन्य ‘कु’ को विरोध गरेको छ । सन् २०२१ मा फ्रान्सको निकट सहयोगी मानिएका बाजुम चुनावमा विजयी भएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७