युक्रेनको खाद्य भण्डारमा रूसको आक्रमण जारी : विश्वमा खाद्य संकट निम्तिने खतरा


२०८० श्रावण ७ आइतबार २०:२८ बजे

मस्को । अन्न सम्झौताबाट बाहिरिए लगत्तै रूसले युक्रेनबाट अनाज आपूर्ति रोक्न लगातार तीन दिन देखी ब्ल्याक सी बन्दरगाहमा आक्रमण गरिरहेको छ । पछिल्लो समयमा त रूसले  कृषि भण्डारण भवनहरूमा आक्रमण सुरु गरे पछि विश्वमा खाध्ध संकटको बिषयलाई लिएर नयाँ बहस सुरू भएको छ ।

रूसले शनिबार ब्ल्याक सीमा नाकाबन्दी मात्र गरेन तर ओडेसा क्षेत्रका बन्दरगाह पूर्वाधारदेखि लिएर कृषि भण्डारण केन्द्रहरूमा पनि आक्रमण गरेको छ । युक्रेनका ११ वटा क्षेत्रमा भएको आक्रमणमा आठ सर्वसाधारण मारिएका छन् ।

रुसले युक्रेनका ११ महत्वपूर्ण स्थानमा मिसाइल आक्रमण गरेको थियो, जसमा ८ जना सर्वसाधारणको मृत्यु भएको छ भने धेरै घाइते भएको जनाइएको छ । पूर्वी डोनेट्स्क क्षेत्रका क्षेत्रीय अभियोजकको कार्यालयले एक विवाहित जोडी सहित कम्तीमा चार जनाको मृत्यु भएको जनाएको छ ।

यहाँ रूसी सेनाले रातभर बाख्मुत शहरमा आक्रमण गरेको, जसका कारण त्यहाँको ग्यास पाइपलाईन पनि भत्काएका छन् । क्षेत्रीय गभर्नर ओलेह किपरले भण्डारण स्थलमा भएको आक्रमणमा १०० मेट्रिक टन मटर र २० मेट्रिक टन जौ नष्ट भएको जानकारी दिए ।

संयुक्त राष्ट्रसंघले विश्वमा खाद्यान्न आपूर्ति गर्ने प्रमुख केन्द्र युक्रेनको बन्दरगाह र खाद्यान्न भण्डारण केन्द्रहरूमा यस्तै आक्रमण भएमा नयाँ विश्वव्यापी अन्न संकटको सम्भावना व्यक्त गरेको छ । रुसी नेता सर्गेई भर्सिनिनले भने सम्झौताको अन्त्य भए पनि रुसले अफ्रिकी देशको आवश्यकता पूरा गर्ने भने बताएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले अफ्रिकाका गरिब देशहरूलाई अन्न उपलब्ध गराउने वाचा गरेका छन्। अर्कोतर्फ, खाद्यान्न सम्झौतामा महत्वपूर्ण भूमिका खेलेको टर्कीको अन्न कोरिडोरलाई पुनर्स्थापना गर्न माग गरेको छ ।

रुसका उप विदेश मन्त्री सर्गेई भर्सिनिनले यी आक्रमणहरूमा स्पष्ट पारे कि रक्षा मन्त्रालयले यस हप्ताको सुरुमा ब्ल्याक सी क्षेत्रलाई जहाजको लागि खतरनाक घोषणा गरिसकेको छ । यसले युक्रेनलाई शत्रुतापूर्ण ठान्दै द्वन्द्वमा सहभागीको रूपमा आउने जहाजहरूलाई सशस्त्र र आक्रमण गर्न विचार गर्नेछ । ‘यो क्षेत्र समुद्री मानवीय कोरिडोर होइन, यो उच्च सैन्य खतराको क्षेत्र हो,’ उनले भने ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७