अध्यक्ष ओलीद्वारा ‘शान्ति र लोकतन्त्रका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ लाई सम्बोधन (तस्वीरहरू)
काठमाडौं । निर्वाचन पर्यवेक्षकका रुपमा कम्बोडिया पुगेका नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) शान्ति र लोकतन्त्रका लागि अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका छन् ।
त्यसअघि अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच भेटवार्ता गर्नुका साथै प्रधानमन्त्री सेनले गरेको २२ जना वरिष्ठ राजनीतिज्ञसँगको भेटमा पनि सम्बोधन गरेका थिए । यस्तै आज साँझ ओलीले त्यहाँका उपप्रधानमन्त्री तथा परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रीद्वारा आयोजित स्वागत भोजमा सहभागिता जनाउने छन् ।
अध्यक्ष ओली कम्बोडिया सरकारको निमन्त्रणमा निर्वाचन पर्यवेक्षणका लागि गत असार २ गते राति कम्बोडिया गएका थिए । उनी साउन ८ गते स्वदेश फर्किने कार्यतालिका छ । क्याम्बोडियाको निर्वाचन पर्यवेक्षणका लागि संसारभरका ६५ देशका राजनीतिका दलका प्रतिनिधिहरूको सहभागिता रहेको छ । यसका अलावा १०० भन्दा बढी अन्तर्राष्टिय सञ्चार माध्यमहरू पनि सहभागी छन् ।
हेर्नुस् तस्वीरहरु