रेलको ठक्करबाट मारियो दुर्लभ प्रजातिको सिंह


२०८० श्रावण ६ शनिबार ०२:०४ बजे

नयाँदिल्ली । भारतको पश्चिमी प्रान्त गुजरातमा रेलले ठक्कर दिँदा दुर्लभ प्रजातिको एउटा सिंहको मृत्यु भएको छ । गम्भीर घाइते भएको अर्कोको उपचार भइरहेको छ ।

राज्यको अम्रेली जिल्लास्थित पिपाभाव बन्दरगाहनजिक शुक्रबार झिसमिसेमा मालवाहक रेलले ती सिंहलाई ठक्कर दिएको रेल विभागका एक कर्मचारीले सिन्ह्वालाई टेलिफोनमा बताए । रेलमार्गबाट हिँडिरहेका सिंहको बथानमा एउटा मारिएको र एउटा घाइते भएको उनले बताए । मरेको र घाइते दुवै भाले हुन् । दुई पोथी भने सुरक्षित रूपमा रेलमार्गबाट निस्केका थिए ।

सिंहको बथान देख्ने बित्तिकै रेलका चालकले ब्रेक लगाएका थिए । निरन्तरको वर्षा र टाढैबाट वन्यजन्तुको आवागमन स्पष्ट देख्न सक्दा उक्त दुर्घना भएको हो । घाइते सिंहको स्थानीय चिडियाखानामा उपचार भइरहेको छ । रासस /सिन्ह्वा

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७