यात्रुबाहक बसमा आगो लाग्दा भारतमा २५ जनाको मृत्यु


१६:४३ बजे

नयाँदिल्ली । मुम्बई–नागपुर एक्सप्रेसवेमा शनिबार बिहान एउटा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । भीषण आगालागी भएपछि बसमा सवार अधिकांश यात्रुले निको हुने मौका समेत पाएका थिएन् । महाराष्ट्रको बुलढाना जिल्लाका एसपी सुनील कडासानेका अनुसार यस दुर्घटनामा अहिलेसम्म २५ जनाको मृत्यु भएको छ ।

दुर्घटना हुँदा बसमा ३२ जना यात्रु रहेको बताइएको छ । आगोले निदाएका २५ यात्रुको मृत्यु भएको थियो भने आठ यात्रुले ज्यान जोगाउन सफल भएका थिए । नागपुरबाट पुणे जाँदै गरेको यो बसको टायर बुलढानाको सिन्दखेड राजा नजिकै पड्किएको थियो । जसका कारण पहिले एउटा पिलर र त्यसपछि पुलमा ठोक्किएर आगलागी भएको बताइएको छ ।

यो ठक्करबाट बसको डिजेल ट्याङ्की ठोक्किएर विस्फोट भएको हो । दुर्घटनामा बाँचेका केही यात्रु सिसा तोडेर बाहिर निस्केर ज्यान जोगाउन सफल भएको एसपी कडास्नेले बताए । मृतकहरुको अझै सनाखत हुन सकेको छैन । विज्ञहरुले यसको अनुसन्धान गरिरहेका छन् । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७