एमबिबिएस अध्ययनका लागि ११ लाख छात्रवृत्ति प्रदान


११:४२ बजे

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले एमबिबिएस अध्ययनका लागि एक छात्रलाई छात्रवृत्तिस्वरुप रु ११ लाख ६६ हजार सहयोग गरेको छ ।

आँबुखैरेनी गाउँपालिका–१ निवासी दीपक दवाडीका छोरा दिक्षण दवाडीलाई अध्ययनका लागि गाउँपालिकाले पहिलो किस्ताबापत रु ११ लाख ६६ हजार सहयोग गरेको हो । उक्त रकमको चेक गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शुक्रबार दवाडीलाई हस्तान्तरण गरे । गाउँपालिकाले दवाडीलाई कूल रु ३५ लाख प्रदान गर्नेछ । पहिलो किस्ताबापतको रकम शुक्रबार हस्तान्तरण गरिएको अध्यक्ष चुमानले बताए ।

गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम तथा बजेटमा उल्लेख भएबमोजिम ती विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको छ । चिकित्साशास्त्रमा स्नातक तह (एबिबिएस) अध्ययन गर्ने विद्यार्थीसँग छात्रवृत्ति करार सम्झौता गरी छात्रवृत्तिमा अध्ययनको व्यवस्था मिलाइएको अध्यक्ष चुमानले बताए । उनले भने, ‘अध्ययनपश्चात् अनिवार्यरुपमा दुई वर्ष आँबुखैरेनी अस्पतालमा सेवा गर्नुपर्ने शर्त राखिएको छ ।’ गाउँपालिकाले गत मंसिरदेखि आँबुखैरेनी अस्पताल सञ्चालनमा ल्याएको छ ।

छात्रवृत्तिका लागि गाउँपालिकाले छात्रवृत्तिसम्बन्धी सूचना आह्वान गरेकामा छनोट समितिको सिफारिसबमोजिम दवाडीलाई पहिलो किस्ताबापतको रकम प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । छात्रवृत्ति प्राप्त गर्ने दवाडीले यो रकमले आफ्नो अध्ययनमा ठूलो टेवा मिलेको बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७