मधेसका शक्तिशाली २९ ‘घुमुवा प्रहरी’ पहाडी जिल्ला पठाइयो (सूचीसहित)


२०८० असार ९ शनिबार १६:५३ बजे

काठमाडाैं : मधेस प्रदेशमा लामो समयदेखि कार्यरत घुमुवा प्रहरीहरू पहाडी जिल्लामा पठाइएको छ । प्रहरी आचरणविपरीतका गतिविधिमा संलग्न भएको आरोपमा मधेस प्रदेशका आठ जिल्लामा कार्यरत २९ जना प्रहरीलाई प्रहरी प्रधान कार्यालयले विभिन्न पहाडी जिल्लामा खटाएको हो ।

लामो समयदेखि पर्सामा कार्यरत वरिष्ठ नायब निरीक्षक विनोदकुमार सिंहलाई कालीकोट खटाइएको छ । बारामा कार्यरत सागरशमशेर जबरालाई रामेछाप खटाइएको छ ।

धनुषामा कार्यरत सइ नागेन्द्र राउत अहिरलाई संखुवासभा, सर्लाहीका रामरेख राय यादवलाई दोलखा, सप्तरीका सुरेशकुमार यादवलाई भोजपुरमा खटाइएको छ ।

अनुगमन प्रतिवेदन तथा अन्य स्रोतबाट आएका सूचनाका आधारमा उनीहरूलाई अन्यत्र जिल्लामा खटाइएको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए ।

गत महिना एआइजी मीरा चौधरीको नेतृत्वमा मधेसका आठ जिल्लामा गोप्य अनुगमन भएको थियो । टोलीले लामो समयदेखि कार्यरत प्रहरीका कारण सीमा क्षेत्रमा तस्करीलगायत विकृति रहेको प्रतिवेदन दिएको थियो ।

सोही प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा मधेसका केही प्रहरीलाई अन्यत्र खटाइएको प्रवक्ता कडायतले जानकारी दिए । गत १ असारमा २४ घन्टाको समय दिएर रवाना दिन निर्देशन दिइएको थियो । सोहीअनुसार उनीहरूलाई खटाइएको जिल्लामा रवाना गरिएको छ ।

उनीहरू राजनीतिक शक्ति केन्द्रको आडमा वर्षौँदेखि तराईका जिल्लामा कार्यरत थिए । पटक–पटक प्रहरी प्रधान कार्यालयमा उनीहरूविरुद्ध उजुरी परे पनि कारबाही हुन सकेको थिएन ।

सीमा क्षेत्रमा क्षेत्रमा तस्करीलगायत विकृतिको छानबिन गर्न गत महिना प्रहरी प्रधान कार्यालयले चार एआइजीलाई चार प्रदेशमा गोप्य रूपमा खटाएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७