लोकतान्त्रिक आदिवासी जनजाति महासंघले दुई लाख सदस्य विस्तार गर्ने


२०८० असार २ शनिबार १३:२९ बजे

काठमाडौं : नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले नेपालका आदिवासी जनजाति, सीमान्तकृत र अल्पसङ्ख्यक समुदायको हितमा काम गर्ने पार्टी नेकपा एमाले भएको बताएका छन् ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले काठमाडौंमा आयोजना गरेको संगठन विस्तार अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले जनजाति र सीमान्तकृत समुदायको आकांक्षा एमाले बाहेक अरू कुनै पनि पार्टीले पूरा गर्न नसक्ने बताए । ढकालले आदिवासी जनजातिहरूको हित र अधिकार सहितको माग र मुद्दामा एमाले सरकारमा हुँदा काम गरेको स्मरण गराए ।

आदिवासी जनजातिको संस्कार र सांस्कृतिक पर्वलाई राज्यले सम्बोधन नगरिरहेको अवस्थामा नेकपा एमाले सरकारमा जाँदा त्यसलाई सम्बोधन गरेको उनले स्मरण गराए ।

२०५१ सालमा नेकपा एमालेको नौ महिने सरकार सञ्चालनको बेला तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले आदिवासी जनजातिको माग सम्बोधन गरेको ढकालले बताए । त्यस पछि बनेको एमाले नेतृत्वको सरकारले पनि जनजातिको हितमा धेरै काम गरेको उनको दाबी छ ।

संगठन विस्तार अभियानले आदिवासी जनजाति समुदायका १८ वर्षदेखि ३५ वर्षसम्मका गतिशील र ऊर्जावान् युवाहरूलाई महासंघमा आबद्ध गर्न नेहरु लाग्नु पर्नमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराईले वर्गीय आन्दोलनले मात्रै जातीय सवालका एजेन्डाहरू पूरा बताए । वर्गीय आन्दोलनबाट जातीय आन्दोलनलाई अलग गर्न नसकिने उनको भनाई छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं महासंघका अध्यक्ष पासाङ शेर्पाले नेपालका आदिवासी जनजातिलाई नेपालमा समाजवाद निर्माणका लागि मूल प्रवाहमा ल्याउन महासंघले देशव्यापी संगठन विस्तार अभियान सुरु गरेको बताए ।

नेकपा एमालेका केन्द्रीय लेखा आयोग सदस्य एवं पूर्व मन्त्री शान्ति पाख्रिनले लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अभियानले संगठन सुदृढीकरणमा सहयोग पुग्ने बताइन् ।

कार्यक्रममा नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य दावा दोर्जे लामाले पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिले आम नागरिक र जनजातिका समस्या सम्बोधन गर्न उल्लेख्य काम गरेका बताए ।

प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जाल मार्फत नेकपा एमाले विरुद्ध आक्रमण भइरहेको बताए ।

ती सबै खाले भाष्य चिर्दै पार्टीलाई मजबुत बनाउन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले नयाँ सूचना प्रविधिलाई प्रयोग गरी संगठन निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने लामाले बताए ।

संगठन विस्तार अभियानका प्रमुख एवं महासंघका सचिव हर्कमान तामाङले कार्यक्रमको उद्देश्य, योजना र लक्ष्यबारे जानकारी दिए । संगठन विस्तार अभियान कार्यविधि–२०८० उहाँले बैठकमा प्रस्तुत गरे । अभियान मार्फत एक वर्षभित्र २ लाख सदस्यता वितरण गर्ने र ५० हजार स्वयं सेवक दस्ता तयार पार्ने लक्ष्य रहेको उनको भनाई छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७