डोल्पा, २३ बैसाख । डोल्पाको ठूलीभेरी नगरपालिका–७ जुफाल बस्ने बिसरा रोकाय पति कुमार शाहीको कुटपिटबाट गम्भीर घाइते भएकी छन् । वैशाख २१ गते मदिरा सेवन गरेका कुमारले छोरा नपाएको झोकमा पत्नी विसरालाई घरमा नराख्ने भन्दै धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएका थिए ।
[caption id="attachment_47465" align="aligncenter" width="789"] सांकेतिक तस्विर[/caption]
पतिको कुटपिटबाट बेहोश भएकी विसराको जुफालस्थित मेडिकलमा उपचारपश्चात् होश खुलेको थियो । दायाँ आँखामा लागेको घाउमा तीन टाँका लगाइएको मेडिकल सञ्चालक बुद्धिबहादुर धरलाले बताएका छन् ।
घाइते रोकायले उपचारपछि होश खुलेपछि विमानस्थल सुरक्षार्थ बसेको प्रहरी चौकीमा आफूलाई यातना दिइरहेकाले ज्यान जोगाई दिन आग्रह गर्दै रोकायले प्रहरीलाई उजुरी दिएकी थिइन् । उजुरीपछि प्रहरीले कुमार शाहीलाई पक्राउ गरी मिलापत्र गराएको प्रहरी चौकी प्रमुख कृष्णराज शर्माले बताए । गरिबी र अशिक्षाका कारणले गर्दा हिमाली जिल्ला डोल्पामा महिलामाथि हुने घरेलु हिंसा बढ्दै गएको छ ।