छोरा नपाएको भन्दै श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिट, कसो फुटेन आँखा
सांकेतिक तस्विर[/caption]
पतिको कुटपिटबाट बेहोश भएकी विसराको जुफालस्थित मेडिकलमा उपचारपश्चात् होश खुलेको थियो । दायाँ आँखामा लागेको घाउमा तीन टाँका लगाइएको मेडिकल सञ्चालक बुद्धिबहादुर धरलाले बताएका छन् ।
घाइते रोकायले उपचारपछि होश खुलेपछि विमानस्थल सुरक्षार्थ बसेको प्रहरी चौकीमा आफूलाई यातना दिइरहेकाले ज्यान जोगाई दिन आग्रह गर्दै रोकायले प्रहरीलाई उजुरी दिएकी थिइन् । उजुरीपछि प्रहरीले कुमार शाहीलाई पक्राउ गरी मिलापत्र गराएको प्रहरी चौकी प्रमुख कृष्णराज शर्माले बताए । गरिबी र अशिक्षाका कारणले गर्दा हिमाली जिल्ला डोल्पामा महिलामाथि हुने घरेलु हिंसा बढ्दै गएको छ । .gif)

.png)

