लायन्स क्लव सेन्टीनियलले मर्चवारबाट गर्यो पहिलो कार्यक्रम


०२:१३ बजे
-शशि पन्थी भैरहवा, २२ बैशाख । लायन्स क्लव अफ सिद्धार्थनगर सेन्टीनियलले मर्चवारको राम नगर झगरहवा प्राथमिक विद्यालयबाट आफ्नो पहिलो कार्यक्रम सुरुवात गरेको छ । क्लवद्वारा विद्यालयलार्इ डेस्क बेन्च  हस्तान्तरण गर्दे । लायन्स क्लव सेन्टीनियलले समरिमाइ गाउँपालीका स्थीत झगरहवा प्राथमिक बिद्यालयबाट औपचारीक कार्यक्रम गरी बिद्यार्थीहरुलाई ३० सेट डेस्क बेञ्च करिब एक ५० पचास हजार बराबरको सामान संस्थाले बिद्यालयलाई हस्तान्तरण गरेको थियो । बिद्यालयमा डेस्क बेञ्च अभाव भएको जानकारी पाउना साथ क्लवले उक्त बिद्यालयबाट सामाजिक कार्यको सुरुवात गरेको थियो । बिद्यालयमा डेस्क बेञ्च हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै ३२५ बि टु का पिडिजि एमजेएफ लायन अरुण प्रताप राणाले देशको विकास सुरुहुने विद्यालयबाट भएको हुनाले जव सम्म बिद्यार्थीहरु विकसित हुन सक्दैनन् तव सम्म देश विकसित हुन नसक्ने धारणा व्यक्त गरेका थिए । लायन्स क्लव अफ सिद्धार्थनगर सेन्टीनियलका संस्थापक अध्यक्ष ओम जैसिको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव अफ सिद्धार्थनगरका अध्यक्ष विजय पाण्डे,डिस्ट्रीक एओजि महेश चन्द्र थापा, झगरहवा प्रा.वि.का प्रधानाध्यापक रंजित यादव,लायन्स क्लव अफ सिद्धार्थनगरका सल्लाहकार अजय गुप्ता,समरि माइ गाउँपालीकाका सुपर भाइजर ए.डि. खान लगायतले संस्थाले गरेको पहिलो सामाजिक कार्यको खुलेर प्रशंसा गरेका थिए । रुपन्देहीको विषेश पिछडिएको क्षेत्र मर्चवारलाई विकास गरेमा समग्र रुपन्देही विकास हुन सक्छ भन्ने लक्ष्यका साथ मर्चवारबाट पहिलो कार्यक्रम गरी क्लवले समाजिक कार्यको थालनी गरेको लायन्स क्लव अफ सिद्धार्थनगर सेन्टीनियलका प्रथम उपाध्यक्ष दिपक कौषलले बताए । कार्यक्रममा डिस्ट्रीक ब्लड डोनेशन चेयर पर्सन राजेश खरेल,जोन चेयर पर्सन विनोद खरेल, अम्बुजा सिमेन्टका डाइरेक्टर सन्दीप कुमार अग्रवाल, लायन्स क्लव सिद्धार्थनगरका प्रथम उपाध्यक्ष थिरेन्द्र श्रेष्ठ, संचार कर्मि शशि पन्थी र रबिन्द्र गुप्ताको समेत कार्यक्रममा उपस्थीति रहेको थियो । क्लवका प्रथम उपाध्यक्ष दिपक कौषलको ध्वजा अभिवादन, कार्यक्रम संयोजक राजेन्द्र थापाको स्वागत मन्तव्य तथा क्लवका सचिव महेश नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।  

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७